सुदूरपश्चिम प्रदेशको विकासका लागि सरकार प्रतिवद्ध : प्रधानमन्त्री देउवा

0

काठमाडौं : प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशको तीव्र विकासका लागि आवश्यक कार्ययोजना बनाउन सरकार प्रतिवद्ध रहेको बताएका छन् । 

सुदूरपश्चिमाञ्चल सरोकार मञ्चले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले मानव संशाधनको विकास र लगानीको सुरक्षा गर्न सके सुदूरपश्चिम प्रदेशलाई मुलुकको सबैभन्दा धनी प्रदेश बनाउन सकिने समेत बताए । 

भारतसँग महाकाली पारी दोधारा चाँदनीमा सुख्खा बन्दरगाह बनाउने सहमतीले सुदूरपश्चिमको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने उनको दाबी छ ।

भावुक मुद्रामा देखिएका प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो काठमाडौंको पहिलो यात्रा सम्झिए । उनले सुदुरपश्चिममा सडक सुबिधा नहुदा भारतका बिभिन्न ठाउ भएर काठमाडौं आउनु परेको स्मरण गरे ।

सुदूरपश्चिममा जलविद्युत लगायत विकासको सम्भावना रहेकाले सरकारले प्राथकिमता दिने उनको भनाइ थियो ।

Leave A Reply

Your email address will not be published.