पूर्वी युक्रेनको लिमा शहर कब्जा गरेको रुसी सेनाको दाबी

0

एजेन्सी : रुसी सेनाले पूर्वी युक्रेनको लिमा शहर कब्जा गरेको दाबी गरेको छ । रुसी सेनाले डोनेस्क मिलिशिया र आफ्नो सेनाले लिमा शहर कब्जा गरेको जानकारी दिएको हो । 

सो शहरमा शुक्रबार रूसी आक्रमणको क्रममा ८ वर्षीया बालिकाको मृत्यु भएको थियो । 

रुसी सेनाले घेरेपछि युक्रेनी सेना पूर्वी सहर सेभेरोडोनेत्स्कबाट पनि फिर्ता हुन सक्ने बताइएको छ । 

लुहान्स्कका गभर्नर सेर्ही हाइडाइले हाल पूर्वी क्षेत्रमा १० हजार रुसी सेना रहेको बताएका छन । युक्रेनले पछिल्लो समय अमेरिकालाई लामो दुरी मार हान्न सक्ने हतियार दिन आग्रह गर्दै आएको छ । 

यसैबीच युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले डोनबासको अवस्था धेरै कठिन भएको बताएका छन् । 

रुसी सेनाले थप क्षेत्र कब्जा गरेपछि अवस्था कठिन बनेको जेलेन्स्कीले बताए । रसियाले यस क्षेत्रमा नियन्त्रण जमाउन अधिकतम गोलाबारी र सेनाहरू केन्द्रित गरिरहेको उनको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.