निर्वाचन लक्षित बजेट ल्याउने सरकारको तयारी

0

काठमाडौं : सरकारले यो बर्ष निर्वाचन लक्षित बजेट ल्याउने भएको छ । यही बर्ष गर्नुपर्ने संघ र प्रदेशको निर्वाचनलाई लक्षित गरी मतदातालाई खुसी पार्ने प्रयासबाट बजेट ल्याउन लागिएको हो । 

सरकारले ज्येष्ठ नागरिक, कर्मचारी, उद्योगी–व्यवसायी, कृषक र युवालाई लक्षित गरी तलब–भत्ता वृद्धि, कर छुट, राहत, अनुदान लगायतका कार्यक्रम समेटेको छ । 

सरकारले कर्मचारीको तलब सामान्य बढाउने र वृद्धभत्ता पाउने उमेर पनि घटाउने तयारी गरेको छ । वृद्धभत्ता पाउने उमेरलाई ७० वाट घटाएर ६८ वर्ष कायम गरिने भएको छ । 

सरकारले बजेटमार्फत् निजामती कर्मचारीहरुको तलब बढाउने तयारी पनि गरेको छ । 

राष्ट्रपति, प्रधानमन्त्री, अर्थमन्त्री र नेता विशेषका कार्यक्रम पनि यस वर्षको बजेटमा पर्ने भएका छन । बजेटमार्फत आयकर लाग्ने सीमालाई थप एक लाख रुपैयाँ बढाएर पाँच लाखसम्म आय गर्नेलाई १ प्रतिशत मात्रै कर लाग्ने व्यवस्था मिलाइएको छ । 

इन्धनमा विभिन्न शीर्षकमा लगाइँदै आएका करमध्ये १० रुपैयाँ फिर्ता लिइने भएको छ । ‘नेपाली उद्योग नेपालमै रोजगारी : आफ्नो उत्पादन आफ्नै व्यापार’ भन्ने नाराका साथ प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम शुरु हुने भएको छ ।

Leave A Reply

Your email address will not be published.