पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन

0

काठमाडौं : पोखराबाट जोमसोमतर्फ उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ ।

नाइन एनएईटी ट्विनअटर विमानको विहान नौ बजेर पचपन्न मिनेटमा राडारको सञ्चार सम्पर्क छुटेको हो ।

विमानमा १९ जना यात्रु र चालक दलका ३ सदस्यसहित २२ जना सवार थिए । विमान प्रभाकर घिमिरेले उडाएका थिए । उडान भएको ३० मिनेटमा जोमसोम बिमानस्थलमा अवतरण हुनुपर्ने जहाज हालसम्म सम्पर्कविहीन छ ।

विमान सम्पर्कविहीन हुनुको कारण खुलेको छैन । तारा एयरलाइन्स यति एयरलाइन्सको भगिनी संस्था हो ।

मौसम खराब भएपनि ताराको जहाज जानुअघि समिट एयरको जहाज पोखराबाट उडान भरेर जोमसोममा सकुशल अवतरण गरेको बताइएको छ । ताराले विशेष गरी सानो जहाजबाट देशका पहाडी क्षेत्रमा उडान भर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.