रुसद्वारा युक्रेनको पूर्वी क्षेत्रमा आक्रमण तीव्र

0

एजेन्सी : रुसले युक्रनेको पूर्वी क्षेत्रमा आक्रम तीव्र पारेको छ । रुसले हाल डोन्बासका दुई सहर नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।

डोन्बासको रूपमा परिचित पुरानो तथा महत्वपूर्ण औद्योगिक केन्द्रलाई स्वतन्त्र पार्ने घोषित लक्ष्यका साथ रुसी सेनाले पूर्वी युक्रेनका सहरमाथि बमबारी जारी राखेका हुन् ।

यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले डोन्बास क्षेत्रमा रूसले गरेको आक्रमणका कारण उक्त क्षेत्र बसोबासका लागि उपयुक्त नहुने बताएका छन् ।

उनले पूर्वी युक्रेनका सहरहरूलाई खरानीमा परिणत गर्ने रुसको मनसाय देखिएको बताएका हुन् ।

युक्रेनले डोन्बास क्षेत्रका लागि भइरहेको लडाइँ युरोपमा दोस्रो विश्व युद्धपश्चात् सबैभन्दा ठूलो रहेको जनाएको छ ।

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले ’आफ्नो भूमिको प्रत्येक सेन्टिमिटरका लागि’ सेना लडिरहने बताएका छन् ।

युक्रेनका विदेश मन्त्री दिमित्रो कुलेबाले देशको पूर्वी भागमा अवस्था मानिसहरूले बुझे भन्दा निकै खराब रहेको जनाएका छन् ।

Leave A Reply

Your email address will not be published.