निजगढ विमानस्थल बनाउन रोक लगाउनु न्यायिक हस्तक्षेप भएको एमालेको आरोप

0

काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा एमालेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा रोक लगाउने सर्वोच्च अदालतको फैसलाको विरोध गरेको छ । 

सर्वोच्चको परमादेशलगत्तै एमाले महासचिव शंकर पोखरेलले सामाजिक सञ्जाल ट्वीटरमार्फत निजगढमा विमानस्थल निर्माणमा रोक लगाउने सर्वोच्चको फैसला हरेक दृष्टिकोणबाट गलत रहेको उल्लेख गरेका छन् ।

कार्यकारीको काममा यस्तो हस्तक्षेप न्यायिक सक्रियताको गलत बाटो भएको पोखरेलको टिप्पणी छ । 

त्यसैगरी पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका उपमहासचिव प्रदीप ज्ञवालीले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन नपाउने गरी सर्वोच्चले गरेको फैसला दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका छन् । 

त्यस्तै पूर्वपर्यटनमन्त्रीसमेत रहेका एमाले सचिव योगेश भट्टराईले विमानस्थलका बारेमा सर्बोच्चको निर्णय अत्यन्तै घातक र प्रतिगामी रहेको टिप्पणी गरेका छन् । उनले निर्णय सच्याउन न्यायाधीशहरुलाई अनुरोध गरेका छन् । 

उता जनता समाजवादी पार्टी जसपा संघीय परिषद अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले निजगढ विमानस्थल निर्माण रोक्न अदालतले दिएको आदेशप्रति आपत्ति जनाएका छन् । 

देशको महत्वपूर्ण परियोजना रोक्न अदालतले आदेश दिँदा आफू लज्जित भएको पनि भट्टराईको टिप्पणी छ ।

Leave A Reply

Your email address will not be published.