उद्योगमन्त्रीको अभिव्यक्तिमा आपत्ति जनाउँदै संसदमा एमालेको अवरोध

0

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले असंसदीय भाषा बोलेको भन्दै नेकपा (एमाले)का सांसदहरूले प्रतिनिधि सभा बैठकमा अवरोध गरेका छन् । 

प्रतिनिधि सभाको शुक्रबार बसेको बैठकमा मन्त्री बडूले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबारे अनावश्यक आक्षेप लगाएको भन्दै उनीहरूले विरोध गरेका हुन् । 

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले मन्त्री बडूको भनाइ रेकर्डबाट हटाउन माग गरे । मन्त्रीले प्रयोग गरेको ‘असंसदीय’ भाषा रेकर्डबाट नहटेसम्म बैठक चल्न नदिने एमालेको चेतावनी छ । 

मन्त्री बडूले सम्बोधन गरिरहँदा एमाले सांसद्हरुले सुरुमा नियमापत्ति गरेका थिए । एमाले सांसद खगराज अधिकारीले शुरुमा आपत्ति जनाएका थिए । 

अधिकारीले उठेर विरोध गरेपछि सभामुख अग्नि सापकोटाले समय दिएका थिए । लगत्तै जवाफ दिनेक्रममा बडूले निरन्तर ओलीमाथि आलोचनात्मक टिप्पणी गरेपछि एमाले सांसदहरु उठेर अवरोध गरेका हुन् । 

उद्योगमन्त्री बडुले प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई होच्याउने अभिव्यक्ति दिएको भन्दै एमालेले बैठकमा अवरोध गरेको हो ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोलेका कानुनमन्त्री बडूले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि छलफलका क्रममा दिएको अभिव्यक्तिलाई स्तरहीन भनेका थिए ।

Leave A Reply

Your email address will not be published.