चीनले ताइवान नजिकै सैन्य अभ्यास गर्ने

0

एजेन्सी : चीनले ताइवान नजिकै सैन्य अभ्यास गर्ने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको चेतावनीका बाबजुद चीनले सैन्य अभ्यास गर्न लागेको हो । 

चिनियाँ रक्षा मन्त्रालयले ताइवानको वरिपरि सेनाको गस्ती र प्रशिक्षण अभ्यास ताइवान र अमेरिका बीचको साँठगाँठविरुद्ध लक्षित हुने जनाएको हो । 

यसअघि पनि चिनिया सेनाले ताइवान क्षेत्रमा गस्ती र प्रशिक्षण अभ्यास गरेको थियो । 

केही दिनअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले बेइजिङले बल प्रयोग गरेर टापुसँग पुनः एकीकरण गर्ने प्रयास गरे वासिंगटनले सैन्य हस्तक्षेप गर्ने चेतावनी दिएका थिए । 

दशकौंदेखि छुट्टै शासन व्यवस्था गरेपछि पनि चीनले ताइवानलाई आफ्नो भुभाग मान्ने गरेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले आवश्यक परे टापु कब्जा गर्ने धम्की समेत दिँदै आएका छन् ।

Leave A Reply

Your email address will not be published.