सरकारले चुनाव निष्पक्षरुपमा गराउन सकेन : ओली

0

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले स्थानीय तहको चुनाव स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा गराउन नसकेको आरोप लगाएका छन् । 

बिहीबार संसदमा सरकारको नीति तथा कार्यक्रममाथि आफ्ना धारणा राख्दै अध्यक्ष ओलीले सरकारले निर्वाचनमा भोट पाउन मतदाताको हत्या गरिएको आरोप लगाएका हुन् । 

अध्यक्ष ओलीले रुकुम पश्चिममा निर्वाचनमा भोट पाउन, मतदाताको हत्या गरिएको आरोप समेत लगाए । यसबाहेक मतदातालाई छेक्ने, थुन्ने, भयभीत बनाउने काम भएको उनको आरोप छ । 

उनले चुनाव सकिएको १४ दिन भइसक्दा पनि अझै मतगणना नसकिनुले नै चुनावमा धाँधली भएको प्रस्ट हुने दाबी गरे । 

अध्यक्ष ओलीले निर्वाचन सार्ने प्रयासका बाबजुद एमालेको तीव्र दबाबले निर्वाचन भएको पनि उल्लेख गरे ।

Leave A Reply

Your email address will not be published.