टेक्सासको एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार, एक शिक्षकसहित १४ विद्यार्थीको मृत्यु

0

एजेन्सी : अमेरिकाको टेक्सस राज्यस्थित एक प्राथमिक विद्यालयमा बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा एक शिक्षकसहित कम्तीमा १४ जना विद्यार्थीको मृत्यु भएको छ ।

राज्यका गभर्नर ग्रेग याबटले आक्रमणकारीले पिस्तोल प्रयोग गरेको र राइफलको पनि प्रयोग भएको हुनसक्ने बताएका छन् ।

सो घटनामा अठार वर्षका आक्रमणकारीको पनि मृत्यु भएको बताइएको छ । कानुन पालना गराउने अधिकारीहरूले उनलाई मारिदिएको हुनसक्ने विश्वास गरिएको छ ।

रब एलिमेन्ट्री स्कूलमा पुग्नुअघि ती बन्दुकधारीले आफ्नी हजुरआमालाई गोली हानी हत्या गरेको विवरण सार्वजनिक भएको जनाइएको छ ।

सो विद्यालयमा सातदेखि १० वर्षका बालबालिका अध्ययन गर्छन् । राष्ट्रपति जो बाइडनले मृतकहरूको सम्झनामा तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउन निर्देशन दिएका छन् ।

Leave A Reply

Your email address will not be published.