विवेकशील साझाका अध्यक्ष रविन्द्र मिश्रले दिए राजीनामा

0

काठमाडौं : स्थानीय निर्वाचनमा पार्टीको नराम्रो पराजय भएपछि विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन् । 

निर्वाचनमा निराशाजनक परिणाम आएको भन्दै उनले बुधवार पदबाट राजीनामा दिएका हुन् । उनले आफू पार्टीको साधारण सदस्य भने रहिरहने जनाएका छन् । 

बुधबार एक विज्ञिप्ति जारी गर्दै मिश्रले साझा पार्टीका उम्मेदवारहरू इमान्दार र सक्षम हुँदाहुँदै राम्रो नतिजा हासिल गर्न नसक्नुको जिम्मेवारी पार्टी नेताका रूपमा आफूले लिने उल्लेख गरेका छन् । 

यस्तै उनले विवेकशील साझाबाट कारबाहीमा परेका पार्टी संयोजक लगायतलाई गरिएको कारबाही फिर्ता गरिदिन पनि कार्यसम्पादन समिति र केन्द्रीय समितिलाई अनुरोध गरेका छन् ।

Leave A Reply

Your email address will not be published.