ललितपुर महानगर प्रमुखमा चिरिबावु दोहोरिए

0

काठमाडौं : ललितपुर महानगरको प्रमुखमा चिरिबावु महर्जन पुन: दोहोरिएका छन् । चिरिबावुले ४२ हजार ७२२ मतसहित मेयरमा जित निकालेका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले २४ हजार ५६० मत ल्याएका छन् ।

अघिल्लो चुनावमा केबल ३२६ मतले विजयी भएका चिरिबावुले यसपटक भने १८ हजार १६२ मतले जितेका हुन् । चिरिबावु र व्यञ्जनकारबीच २०७४ मा पनि प्रतिस्पर्धा भएको थियो ।

उपप्रमुखमा भने एमालेकी मञ्जली शाक्य २५,०८४ मत पाएर विजयी भएकी छन् । माओवादी केन्द्रका बाबुराज बज्राचार्यले १८,७५१ ले मत पाए ।

Leave A Reply

Your email address will not be published.