मंकीपक्स संक्रमण १५ देशमा फैलियो

0

एजेन्सी : मंकीपक्स संक्रमण फैलिने देशको संख्या १५ पुगेको छ । पछिल्लो पटक अस्ट्रेलिया, इजरायल र स्वीटजरल्यान्डमा मंकीपक्स देखिएको हो । 

देशबाहिरबाट आएका एक एक जनामा संक्रमण देखिएको इजरायल र स्वीटजरल्यान्डले जनाएका छन् । इजरायलले अर्को शंकास्पद केसको अनुसन्धान गरिरहेको जनाएको छ । 

मध्य तथा पश्चिमी अफ्रिकाका दुर्गम क्षेत्रमा पनि यो भाइरस देखिएको छ । युरोप, अमेरिका, क्यानडा र अष्ट्रेलियामा यसका असी भन्दा बढी संक्रमित फेला परेका छन । 

संक्रमणका विषयमा अध्ययन भैरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । मंकीपक्स संक्रमणले वैज्ञानिकलाई समेत आश्चर्यचकित बनाएको छ । 

सर्वसाधारणमा भने यसको जोखिम कम भएकाले आत्तिनु नपर्ने बताइएको छ । मानिस तथा जनावरसँगको नजिकको सम्पर्कबाट रोग फैलिने गर्दछ । मंकीपक्स सजिलै मानिसबीच नसर्ने चिकित्सकहरुले बताएका छन् । 

भाइरस संक्रमित अधिकांश व्यक्तिहरू केही हप्ताभित्र निको हुने गर्दछन् । यसको संक्रमण भएका व्यक्तिमा ज्वरो आउने, शरिरमा बिमिरा देखिने, शरिर दुख्ने, थकान महशुस हुने लक्षण देखिन्छ ।

Leave A Reply

Your email address will not be published.