स्थानीय निर्वाचन : हालसम्म कुन पार्टीले कति पालिका जिते ?

0

काठमाडौं : स्थानीय निर्वाचन २०७९ अन्तर्गत अहिलेसम्म ७ सय २६ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । 

२ सय ६८ नगरपालिका र ४ सय ५८ वटा गाउँपालिका गरी ७ सय २६ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक हुँदा नेपाली कांग्रेसले ३ सय २१ वटा पालिकाको प्रमुख पद जितेको छ । 

यस्तै कांग्रेसले २ सय ९३ वटा पालिकाको उपमेयर तथा उपाध्यक्ष पद जितेको छ । 

नेकपा एमालेले नगरपालिका र गाउँपालिका गरी १ सय ९७ वटा पालिकाको प्रमुख र २ सय २५ वटा पालिकाको उप–प्रमुख पदमा जित हासिल गरेको छ । 

नेकपा माओवादी केन्द्रले १ सय २० वटा पालिकाको प्रमुख तथा १ सय २८ वटा पालिकाको उपप्रमुख पद जितेको छ । 

जनता समाजवादी पार्टीले २९ वटा पालिकाको प्रमुख र ३० वटा पालिकाको उपप्रमुख पद जितेको छ । 

यस्तै नेकपा एकीकृत समाजवादीले १७ वटा पालिकाको प्रमुख र २१ वटा पालिकामा उपप्रमुख पद जितेको छ । 

लोकतान्त्रिक समाजवादी पार्टीले १४ वटा पालिकाको प्रमुख र १० वटा पालिकाको उपप्रमुख पद जितेको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टीले चार वटा पालिकामा प्रमुख र चारवटै पालिकामा उपप्रमुख पद जितेको छ ।

Leave A Reply

Your email address will not be published.