सरकारले नेपालका लागि गहुँ निर्यात सुचारु गर्न भारतसँग आग्रह गर्ने

0

काठमाडौं : सरकारले नेपालका लागि गहुँ निर्यात सुचारु गर्न भारत सरकारसँग आग्रह गर्ने भएको छ । 

भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालको औद्योगिक क्षेत्रमा प्रतिकूल प्रभाव पर्ने भन्दै सरकारी स्तरबाटै संवाद गर्ने तयारी सरकारले गरेको हो । 

भारतको वाणिज्य मन्त्रालयले अघिल्लो शुक्रबार सूचना प्रकाशित गरी गहुँ निकासीमा रोक लगाएपछि नेपालमा मैदा उद्योग तथा बिस्कुट, चाउचाउ, पास्ता जस्ता उद्योगहरु प्रभावित भएका छन् ।

नेपाली बजारमा गहुँ, मैदा र सुजीको पिठो साथै गाईको दाना अर्थात् चोकरको अभाव हुनसक्ने चिन्ता बढेको छ ।

भारतीय वाणिज्य तथा उद्योग मन्त्रालयले प्रकाशन गरेको एक तथ्यांकका अनुसार सन् २०२०/२०२१ मा भारतले गहुँ निर्यात गर्ने दोस्रो प्रमुख देश नेपाल रहेको छ ।

उक्त अवधिमा भारतले नेपाललाई ३,३०,७०७ टन गहुँ निर्यात गरेको थियो ।

Leave A Reply

Your email address will not be published.