युक्रेनको मारियोपोल पूर्ण नियन्त्रणमा लिएको रुसको दाबी

0

एजेन्सी : रुसले युक्रेनको मारियोपोल सहर आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ । मारियोपोलमा बाँकी रहेको एजोभ्स्टल स्टिल कारखानामा रहेका सबै युक्रेनी सैनिकले अब आत्मसमर्पण गरेको उसले दाबी गरेको छ । 

लामो समयदेखि मारियोपोलमा रुसले निरन्तर आक्रमण गर्दै आएको थियो । आक्रमणको कारण मारियोपोल सहर पूर्णरुपमा ध्वस्त भएको छ । 

रुसको रक्षा मन्त्रालयले मारियोपोलमा बाँकी रहेका ५ सय ३१ युक्रेनी सैनिकले सहर छाडेसँगै अब पूर्णरुपमा सहरलाई स्वतन्त्र बनाइएको उल्लेख गरेको छ । 

मारियोपोलका सबै गुप्त स्थलमा पनि अहिले आफूहरुले कब्जा जमाइसकेको रुसको दाबी छ । 

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सेनालाई मारियोपोल सहर छाड्न अनुमति प्राप्त भएको बताएका छन् । 

रुसले मारियोपोललाई चारैतिरबाट घेरा हालेर आक्रमण गर्दा त्यहा रहेका युक्रेनी सैनिकहरुलाई खाना र पानीजस्ता अत्यावश्यकीय सामग्रीको अभाव देखिएको थियो ।

Leave A Reply

Your email address will not be published.