बलात्कारीलाई तत्काल कारबाही गर्न माग गर्दै काठमाडौंमा विरोध प्रर्दशन

0

काठमाडौं : सौन्दर्य प्रतियोगिताका आयोजकबाटै बलात्कार भएको घटनाका दोषीलाई कारबाही गर्न माग गर्दै शनिबार पनि काठमाडौंमा प्रदर्शन भएको छ । 

८ वर्षअगाडि भएको घटनाबारे पीडित युवतीले हालै मुख खोलेपछि यो विषयमा अनुसन्धानको माग गर्दै प्रदर्शन भएको हो । 

पीडित भनिएकी युवतीले सामाजिक सञ्जालबाट आफूमाथि भएको अपराध सार्वजनिक गरेपछि दोषीलाई कारवाहीको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन भएको हो । 

प्रदर्शनमा सहभागीहरुले बलात्कार घटनाको कानुनमा रहेको हदम्याद हटाउन माग गरेका छन् । विद्यमान कानुनमा एकबर्षभित्र उजुरी दिनुपर्ने प्रावधान रहेकाले त्यसलाई हटाउनुपर्ने प्रदर्शनकारीको माग छ । 

यसैबीच सौन्दर्य प्रतियोगितामा सहभागी युवतीमाथि आठ वर्षअघि आयोजकबाट भएको बलात्कार र यौन शोषण घटनामा प्रहरीले अनुसन्धान शुरु गरेको छ । 

घटनाको छानविनका लागि प्रहरी प्रधान कार्यालय नक्सालले एसएसपी वसन्तबहादुर कुँवरको नेतृत्वमा समिति गठन गरेको छ । 

घटनाको विषयमा संसदमा समेत कुरा उठेको छ । सभामुख अग्नि सापकोटाले घटनाको विषयमा अनुसन्धान गर्न सरकारलाई रुलिङ गरेका छन् ।

Leave A Reply

Your email address will not be published.