विराटनगरको मेयरमा कांग्रेसका कोइराला र उपमेयरमा एमालेकी कार्की विजयी

0

विराटनगर : विराटनगर महानगरपालिकाको प्रमुखमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार नागेश कोइराला विजयी भएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरले आज बिहान सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार कोइरालाले ३० हजार १ सय ७० मत ल्याएर महानगरको दोस्रो नगरप्रमुख घोषित भएका हुन् ।

कोइरालाले निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार सागरकुमार थापालाई ८ हजार ७ सय १५ मतान्तरले पराजित गरेका हुन् । थापाले २१ हजार ४ सय ५५ मत पाएका छन् ।

२०७४ को स्थानीय निर्वाचनमा प्रमुखमा कांग्रेसका भीम पराजुलीले २३ हजार ३१ मत ल्याएर विजयी हुँदा एमालेका विनोद ढकालले १७ हजार ३ सय २४ मत ल्याएका थिए ।

त्यसैगरी, उपप्रमुखमा एमालेकी शिल्पा निराला कार्की विजयी भएकी छन् । उनले २५ हजार ६ सय ८० मत ल्याएकी छन् ।

कार्कीका प्रतिद्वन्द्वी गठबन्धनबाट जनता समाजवादी पार्टीका अमरेन्द्र यादवले १४ हजार २ सय १९ मत पाएका छन् । यादव जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा हुन् ।

Leave A Reply

Your email address will not be published.