बेलायतले युक्रेनलाई चार सय मिलियन डलर आर्थिक सहयोग गर्ने

0

एजेन्सी : बेलायतले युक्रेनलाई चार सय मिलियन डलर आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।

बेलायती संसदमा सम्बोधन गर्दै बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रुस र युक्रेनबीच जारी युद्धमा युक्रेनलाई सघाउन चार सय मिलियन अमेरिकी डलरको सहयोग र सैन्य सामाग्री दिने घोषणा गरेका हुन् ।

बेलायतले युद्ध उपकरणलगायत नाइट भिजन उपकरण दिने भएको हो । प्रधानमन्त्री जोनसनले युक्रेनका लागि आफ्नो मुलुकले गर्ने सहयोग फलदायी हुने विश्वास समेत व्यक्त गरे ।

उनले युक्रेनका विभिन्न शहरमा फसेकाहरुको उद्धारका लागि ल्याण्डक्रुजर युक्रेन पठाउने पनि बताए । अमेरिका र जर्मनीले पनि युक्रेनलाई गरिएको सहयोगलाई निरन्तरता दिने बताएका छन् ।

Leave A Reply

Your email address will not be published.