सत्ता गठबन्धनले भरतपुरमा आमसभा गर्ने, क-कसले गर्दै छन् सम्बोधन ?

0

काठमाडौं : सत्तारुढ ५ दलीय गठबन्धनले वैशाख २२ गते बिहिबार चितवनमा चुनावी आमसभा गर्ने भएको छ । 

भरतपुरसहित चितवनका सबै पालिकामा माहोल बढाउन आमसभा हुन लागेको हो । गठबन्धनमा आवद्ध दलले आमसभाका तयारी समेत थालेका छन् ।

चितवन काँग्रेसका अनुसार चुनाबी आमसभामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायनका नेताले सम्बोधन गर्ने कार्यक्रम छ । 

भरतपुर महानगरपालिकाको प्रमुख पदमा सत्तारुढ गठबन्धनबाट साझा उमेदवारका रुपमा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा कांग्रेसबाट साझा उमेदवार चित्रसेन अधिकारी छन् । 

चितवनका सबै पालिकामा सत्तारुढ गठबन्धनले तालमेल गरेको छ । नेकपा एमालेले राप्रपासग ताममेल गरि बिजय सुवेदीलाई उमेद्वार बनाएकाे छ भने काग्रेसकै बागी उमेद्वारका रुपमा जगन्नाथ पाैडेल मैदानमा छन् । देशभरका पालिकामा यतिबेला भरतपुरकाे बढि चर्चा र चासाे रहेको देखिन्छ ।

Leave A Reply

Your email address will not be published.