अक्षय तृतीया पर्व मनाइँदै

0

काठमाडौं : मंगलबार अक्षय तृतीया पर्व मनाइँदैछ । वैशाख शुक्ल तृतीयाका दिन सनातन धर्मावलम्बीले यो पर्व मनाउने गर्दछन् ।

अक्षय तृतीयालाई सत्ययुगादि तिथि पनि मानिएको छ । त्रेतायुगको आरम्भ यही दिनबाट भएको पौराणिक ग्रन्थहरूमा उल्लेख छ ।

यो दिन भगवान् विष्णुका छैटौँ अवतार परशुराम जयन्ती पनि मनाइन्छ । अक्षय तृतीयाका दिन पवित्र तलाउ र नदीमा स्नान गरी भगवान् विष्णुको पूजा आराधना गर्ने प्रचलन छ ।

ब्रह्मा–विष्णु–महेश्वरको आवाहन गरी घडा र जौको सातुलगायत शीतलता प्रदान गर्ने वस्तु दान गर्नाले अक्षय फल प्राप्त हुने विश्वास गरिन्छ ।

यस्तै छाता, जुत्तालगायत वस्तु पनि दान गर्ने परम्परा छ । पुण्य मिल्ने विश्वासमा बाटोमा सर्वत राखेर बटुवालाई खुवाउने परम्परा पनि छ ।

गर्मीयाम भएकाले जौको सातु र सर्वत खाँदा शरीरलाई फाइदा गर्ने आयुर्वेदमा उल्लेख छ । अक्षय तृतीयाकै दिन भगवान् शिव पार्वतीको विवाह भएको पुराणमा उल्लेख छ । त्यसैले यो दिन शुभकर्म गर्न साइत हेराइरहनुपर्दैन भन्ने मान्यता छ ।

Leave A Reply

Your email address will not be published.