रूसी इन्धनको युग समाप्त हुन लागेको ईयूको चेतावनी

0

एजेन्सी : युरोपेली युनियन ईयूले युरोपमा रूसी इन्धनको युग समाप्त हुन लागेको चेतावनी दिएको छ ।

रुसले पोल्याण्ड र बुल्गेरियामा ग्यास आपूर्ति बन्द गरेपछि युरोपेली आयोगले यस्तो चेतावनी दिएको हो ।

रुसको पछिल्लो कदमले एक आपूर्तिकर्ताको रूपमा उसको अविश्वसनीयता देखाएको युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेनले बताएकी छिन् ।

यसअघि वार्सा र सोफियाका राजनीतिक नेताहरूले रुसी ऊर्जा कम्पनी गाजप्रोमको कदम ‘ब्ल्याकमेल’ भएको बताएका थिए ।

पश्चिमा देशहरुको शत्रुतापूर्ण कदमको बदलामा आफूले पछिल्लो निर्णय लिनु परेको रुसको भनाइ छ ।

बुधबार रुसी ग्यास कम्पनी गाजप्रोमले पोल्याण्ड र बुल्गेरियामा ग्यास आपूर्ति रोकेको थियो । रुसी रुबलमा भुक्तानी गर्न अस्वीकार गरेपछि उसले ग्यास आपूर्ति रोकेको हो ।

Leave A Reply

Your email address will not be published.