बागी उम्मेदवारी फिर्ता लिन कांग्रेस सभापति देउवाको अपिल

0

काठमाडौं : प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवाले बागी उम्मेदवारी फिर्ता लिन पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । 

बिहीबार एक अपिल प्रकाशित गर्दै उनले लोकतन्त्रविरोधी प्रवृत्तिलाई निर्वाचनको माध्यमबाट परास्त गर्नुपर्ने भन्दै उम्मेदवारी फिर्ता लिन आह्वान गरेका हुन् । 

कतिपय योग्य व्यक्तिले टिकट नपाएको उनले चिन्ता जनाएका छन् । पार्टीले टिकट दिएका व्यक्तिको उम्मेदवारी नै आफ्नो उम्मेदवारी भन्ने उच्चतम भावना राख्न पनि देउवाले आह्वान गरेका छन् । 

देउवाले बागी उम्मेदवारी दिएकाहरूलाई शुक्रबार बेलुका पाँच बजेभित्र उम्मेदवारी फिर्ता लिन भनेका छन् । लोकतन्त्रविरोधी प्रवृति अन्त्य गर्न पाँचदलीय गठबन्धन अपरिहार्य रहेको देउवाको भनाइ छ । 

उनले स्थानीय तहसम्म गठबन्धनका उम्मेदवारलाई जिताएर लोकतन्त्रका आधार स्तम्भहरूलाई मजवुद बनाउनुपर्नेमा जोड दिएका छन् ।

Leave A Reply

Your email address will not be published.