गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज परीक्षण उडान हुँदै

0

काठमाडौं : भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार परीक्षण उडान हुने भएको छ ।

नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट परीक्षण उडान हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

निगमको विमान दिउसो तीन बजे भैरहवाका लागि काठमाडौंबाट उड्ने र पाँच बजे फर्कने कार्यतालिका छ ।

परीक्षण उडान गर्ने विमानमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेका साथै उच्चपदस्थ सरकारी अधिकारी सहभागी हुनेछन् । भैरहवा विमानस्थलबाट व्यवसायिक उडान भने जेठ दुई गतेबाट शुरु गर्ने तयारी छ ।

त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो हवाई चाप व्यवस्थापन गर्न नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानतर्फ उडान समयावधि बढाएर अठार घण्टा पुर्‍याएको छ ।

विमानस्थलको एयर ट्राफिक जामलाई ध्यानमा राख्दै बिहीबारदेखि तराईका छ क्षेत्रीय विमानस्थलमा अठार घण्टा उडान शुरु गरिएको हो ।

नेपाल नागरिक उडडयन प्राधिकरणले रात्रिकालीन उडान योग्य भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थललाई बिहान छ देखि राति १२ बजेसम्म सञ्चालनमा ल्याएको हो ।

यसबाट काठमाडौँ विमानस्थलको विद्यमान उडान चाप व्यवस्थापन हुने तथा कोरोना भाइरस महामारीपछि जुर्मुराउँदै गरेको पर्यटन क्षेत्रलाई राहत पुग्ने प्राधिकरणको विश्वास छ ।

अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले आन्तरिक र अन्तर्राष्ट्रिय उडानका यात्रुले सेवा लिन चार घण्टा कुर्नुपर्ने बाध्यता छ ।

विमानस्थलमा अहिले दैनिक दुवैतर्फी गरेर कूल ४ सय २० उडान भइरहेको छ । नेपालमा वार्षिक १० लाख हवाई यात्रु बढिरहेका छन् ।

Leave A Reply

Your email address will not be published.