अमेरिकाले युक्रेनमा ८० करोड डलर बराबरको थप सैन्य सहायता पठाउने

0

एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई ८० करोड डलर बराबरको थप सुरक्षा सहायता प्रदान गर्ने घोषणा गरेका छन् ।

सहायतामा हतियार, गोलाबारूद र रणनीतिक ड्रोनलगायत सामाग्री समावेश छन् । सहायता युक्रेनी सैनिक युद्धरत क्षेत्रमा पठाइने बाइडेनले उल्लेख गरेका छन् ।

युक्रेनी रक्षामन्त्रीले भने सैन्य सहायता युक्रेन पुग्नमा विलम्ब हुनसक्ने चिन्ता प्रकट गरेका छन् । युद्ध शुरु भएयता युक्रेनी फौजले अमेरिकी सैन्य सामाग्रीको सहयोगमा कयौं रुसी ट्यांक ध्वस्त पारेका थिए ।

फेब्रुअरी २४ मा रुसले युक्रेनमा आक्रमण शुरु गरेयता अमेरिकाले तीन अर्ब डलर भन्दा बढीको सैन्य सहायता युक्रेन पठाइ सकेको छ ।

यसैबीच रुसले पूर्वी युक्रेनमा आफ्नो आक्रमण जारी राख्दै डोनबास क्षेत्रका ४० भन्दा बढी गाउँहरू कब्जा गरेको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रणनीतिक सहर मारियोपोल कब्जा गरेको रुसको दाबीलाई अस्वीकार गरेका छन् । उनले त्यहाँ अझै युद्ध जारी रहेको र युक्रेनी प्रतिरोधलाई मद्दत गर्न कूटनीतिक र रणनीतिक उपायहरूमा विचार गरिरहेको बताएका छन् ।

रुसले मरियोपोल शहर कब्जा गरेको बताएका बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि मारियोपोल पूर्णरूपमा रुसी नियन्त्रणमा गएको भनिएको कुरा शंकास्पद रहेको बताएका छन् ।

Leave A Reply

Your email address will not be published.