स्थानीय निर्वाचन : आयोगले विभिन्न जिल्ला पठाउन थाल्यो निर्वाचन सामग्री

0

काठमाडौं : निर्वाचन आयोगले ७ सय ५३ वटै स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना गरेसँगै विभिन्न जिल्लाहरूमा निर्वाचन सामग्री पठाउन थालेको छ । 

वैशाख ३० गते शुक्रबार हुने निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै सामाग्री पठाउन थालिएको हो । 

सदरमुकाम बाहेकका ठाउँमा गाउँपालिका तथा नगरपालिकाको कार्यालय नजिकै निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका छन् । 

कार्यालय स्थापना गरिएसँगै बिहीबार मुगु, बाजुरा, अछाम, जाजरकोट, ताप्लेजुङ, सोलुखुम्बुमा निर्वाचन सामग्री पठाइएको छ । 

अन्य जिल्लाहरूमा पनि क्रमशः निर्वाचन सामग्री पठाइने आयोगले जानकारी दिएको छ । 

आयोगले निर्वाचन सामग्री करिब १० दिनभित्र सबै जिल्लामा पठाइसक्ने जनाएको छ । 

आयोगले अहिलेसम्म १ करोड १९ लाख मतपत्र छापिसकेको छ भने निर्वाचनको पर्यवेक्षण गर्न ४४ वटा संस्थालाई अनुमति दिएको छ । 

ती संस्थाका करिब १० हजारभन्दा बढी पर्यवेक्षकलाई तोकिएको मतदानस्थलमा पुगेर पर्यवेक्षण गर्न अनुमति दिइएको छ ।

Leave A Reply

Your email address will not be published.