एसईई परीक्षा शुरु

0

काठमाडौं : कोरोना महामारीका कारण दुई वर्षदेखि हुन नसकेको माध्यमिक शिक्षा परीक्षा एसईई शुक्रबारबाट शुरु भएको छ  ।

शैक्षिक सत्र २०७६ र २०७७ मा विद्यालयकै मूल्यांकनका आधारमा राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको थियो । यो पटक बोर्डले तयार पारेको प्रश्नपत्रका आधारमा विद्यार्थीले निश्चित परीक्षा केन्द्रबाट दुई वर्ष पहिलेको जस्तै परीक्षा दिँदै छन् ।

देशभरका २ हजार ७ परीक्षा केन्द्रमा ५ लाख १४ हजार ७ सय ६० विद्यार्थी सहभागी हुनेछन् । जापानमा सञ्चालित एक विद्यालयका २० विद्यार्थी पनि सहभागी हुँदै छन् ।

नियमिततर्फ ४ लाख ८८ हजार ७ सय ४२ र ग्रेडवृद्धितर्फ ११ हजार ४ सय ५४ ले परीक्षा दिने बोर्डले जनाएको छ  ।

ग्रेडवृद्धि परीक्षा दिने विद्यार्थी दुई वर्षअघिका हुन् । गत दुई वर्ष आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्दा ग्रेडवृद्धिको अवसर दिइएको थिएन ।

२९९ प्राविधिक विद्यालयका १४ हजार ५ सय ६४ विद्यार्थी पनि सामेल हुँदै छन् ।

साउन १ देखि कक्षा ११ को शैक्षिक सत्र सुरु हुनुअघि नै नतिजा सार्वजनिक गरिसक्ने बोर्डले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.