बेलायती प्रधानमन्त्री जोन्सन भारतमा

0

एजेन्सी : बेलायती प्रधानमन्त्री बोरिस जोन्सन दुई दिने भ्रमणका लागि भारत पुगेका छन् । उनी बिहीबार बिहान गुजरात विमानस्थल ओर्लिएका हुन् ।

जोन्सनलाई गुजरातका मुख्यमन्त्री भुपेन्द्र पटेलले विमानस्थलमा स्वागत गरेका थिए । हालै युक्रेनको भ्रमण गरेका जोन्सनले युक्रेन युद्धमा रुसको आलोचना नगरेको भारतलाई दबाब दिने ठानिएको छ ।

तर युक्रेनमाथि भएको रुसी आक्रमणको विरोधका लागि संयुक्त राष्ट्रसंघमा दर्ता गरिएका प्रस्तावमा मतदान नगरेको भारतका बारेमा कुनै मुद्दा नउठाउने पीटीआईले जनाएको छ ।

जोनसनको भारत भ्रमणका क्रममा प्रस्तावित स्वतन्त्र व्यापार सम्झौता, हिन्द–प्रशान्त क्षेत्रको सहकार्य बढाउने, सुरक्षा सहकार्य बलियो बनाउने लगायत विषयमा कुराकानी हुने जनाइएको छ ।

बेलायतले भारतलाई रुससँगको सहकार्य कम गर्न दबाब दिँदै आएका वेला भएको उनको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

Leave A Reply

Your email address will not be published.