ललितपुरको अक्सिजन प्लान्टमा विष्फोट, एक जनाको मृत्यु

0

ललितपुर : ललितपुरको पाटन औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट हुँदा एकजनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । 

एकजना घाइतेको अवस्था गम्भीर छ । उद्योग सन्चालकका अनुसार विष्फोट हुने बेलामा १० जना कार्यरत थिए । 

पाँच जना घाइतेहरु अस्पतालमा छन् भने दुई जना उद्योग सन्चालकको सम्पर्कमा आएका छन् । 

अक्सिजन भर्ने क्रममा एक्कासी विष्फोट भएको महानगरीय प्रहरी परिसर, ललितपुरले बताएको छ । 

यसैबीच गृहमन्त्री बालकृष्ण खाणले अक्सिजन प्लान्टमा भएको विष्फोटको छानविन गर्न निर्देशन दिएका छन् । 

गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी यज्ञविनोद पोखरेल र सशस्त्र प्रहरीका ललितपुर प्रमुख उपरीक्षक विकास घिमिरेलाई घाइतेको तत्काल उद्धार गर्न र घटनाको छानविन गर्न निर्देशन दिएका हुन् ।

Leave A Reply

Your email address will not be published.