वीरगञ्ज महानगरपालिकामा एमाले र लोसपाबीच गठबन्धन हुने

0

वीरगञ्ज : नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिका गठबन्धन गरेर निर्वाचनमा जाने निर्णय गरेको छ । 

बिहीबार एमाले र लोसपाले संयुक्त पत्रकार सम्मेलन गरेर वीरगञ्ज महानगरपालिकामा मिलेर निर्वाचनमा जाने सहमति भएको जानकारी दिइएको छ । 

पत्रकार सम्मेलनमा नेकपा एमालेका सचिव रघुविर महासेठले अहिलेको गठबन्धनको सरकारबाट गणतन्त्र खतरा रहेको आरोप लगाए । 

लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले आवश्यकता अनुसार अन्य स्थानीय तहहरुमा पनि मिलेर निर्वाचनमा जाने बताए ।

वीरगञ्जको प्रमुखमा एमालेका विजयकुमार सरावगी र उपप्रमुखमा लोसपाका पुरूषोत्तमलाल झा उम्मेद्वार हुने भएका छन् । सरावगी वर्तमान प्रमुख हुन् । उनी हालै मात्र एमालेमा प्रवेश गरेका थिए ।

Leave A Reply

Your email address will not be published.