पुटिनले युक्रेनमा नरसंहार गराए : बाइडेन

0

एजेन्सी : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि अमेरिकी राष्ट्रपति जो बाइडेनले जातीय नरसंहारको आरोप लगाएका छन् । 

पुटिनको आदेशमा गत फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण गर्दै आएका रुसी सैनिकले सर्वसाधारणको आमहत्या गरेका प्रमाणहरु आउने क्रम जारी रहेको बाइडेनले बताए । 

पुटिनको आदेशमा युक्रेनमा भइरहेको अत्याचार ‘नरसंहार’ रहेको बाइडेनले बताएका हुन् । अमेरिकी राष्ट्रपति बाइडेनले पहिलोपटक रुसी राष्ट्रपति पुटिनमाथि नरसंहारको आरोप लगाएका हुन् । 

युक्रेन तथा विश्वका विभिन्न देशका नेता एवम् अन्तर्राष्ट्रिय संगठनहरुले लगातार नरसंहार तथा युद्ध अपराधको आरोप लगाउँदै छानबिनको माग गर्दै आएका छन् । 

यसैबीच, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बाइडेनको टिप्पणीको स्वागत गरेका छन् । ‘सत्य कुरा’ बोलेको भन्दै जेलेन्स्कीले अमेरिकी समकक्षी बाइडेनको प्रशंसा गरेका हुन् । 

रुसले आफ्नो देशमा गरिरहेको अत्याचारलाई परिभाषित गर्ने सही शब्द नै ‘नरसंहार’ रहेको र सत्य कुरा बोलेको भन्दै जेलेन्स्कीले ट्वीट मार्फत बाइडेनलाई धन्यबाद दिएका छन् ।

Leave A Reply

Your email address will not be published.