राप्रपा नेपालले सूर्य चिन्हमा चुनाव लड्ने, एमालेसँग पाँच बुँदे सहमति

0

काठमाडौं : नेकपा एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच स्थानीय तह निर्वाचनमा सहकार्य गर्ने सहमति भएको छ। 

वैशाख ३० गते हुने चुनावमा सूर्य चिन्हमा चुनाव लड्ने सहमति भएको राप्रपा नेपालका अध्यक्ष कमल थापाले ट्विटमार्फत् जानकारी दिएका छन्।

एमाले र राप्रपा नेपालबीच चुनावी सहकार्य गर्न पाँच बुँदे सहमति भएको छ ।

उक्त सहमतिमा एमालेका तर्फबाट स्थानीय विकास विभाग प्रमुख देवेन्द्र  दाहाल र राप्रपाका तर्फबाट स्थानीय निकाय परिचालन विभाग प्रमुख सुशीलकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

Leave A Reply

Your email address will not be published.