पाकिस्तानलाई विश्व सामु चिनाउने लक्ष्य : पाकिस्तानी प्रधानमन्त्री शरिफ

0

एजेन्सी : पाकिस्तानका नवनियुक्त प्रधानमन्त्री शाहबाज सरिफले पाकिस्तानलाई विश्व सामु चिनाउने आफ्नो लक्ष्य रहेको बताएका छन् ।

मुलुकको नयाँ प्रधानमन्त्री चयन भएपछि प्रतिक्रिया दिदै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । पाकिस्तानको गिर्दो अर्थतन्त्रलाई उकास्ने आफनो पहिलो प्राथमिकता हुने उनको भनाइ छ ।

मुलुकको राजनीति सही दिशामा ल्याउन केही समय लागेपनि आफूले त्यसमा पहल गर्ने समेत उल्लेख गरे । जनताको जीवनस्तर उकास्नका लागि आफूले सक्दो प्रयास गर्ने उनले उल्लेख गरे ।

निवर्तमान प्रधानमन्त्री इमरान खानप्रति लक्षित गर्दै उनले एक खेलाडीले देश हाँक्दा बरबादीतर्फ देश उन्मुख भएको समेत बताए ।

सोमबार साँझ पाकिस्तानको सिनेटका अध्यक्ष सादिक सन्जरानीले उनलाई पद तथा गोपनियताको शपथ गराएका थिए ।

उनी सोमबार नै संसदवाट पाकिस्तानको २३ औं प्रधानमन्त्री चयन भएका हुन् । उनलाई संसदका १ सय ७४ सांसदले समर्थन गरेका छन् ।

Leave A Reply

Your email address will not be published.