काठमाडौंको मेयरमा बाँस्कोटा र उपमेयरमा तुलाधरलाई उम्मेद्‍वार बनाउने विवेकशीलको निर्णय

0

काठमाडौं : विवेकशील साझा पार्टीले काठमाडौंको मेयर र उपमेयरमा महिला उम्मेद्वार उठाउने भएको छ । 

पार्टीले काठमाडौं महानगरपालिकाको मेयरमा समीक्षा बाँस्कोटालाई उम्मेद्‍वार बनाउने निर्णय गरेको हो भने उपमेयरमा कीर्ति तुलाधरलाई उम्मेद्वार बनाउने निर्णय गरेको हो ।

केन्द्रीय कार्य सम्पादन समितिको शुक्रबार बसेको बैठकले बागमती प्रदेशकी पूर्वसंयोजक एवम् केन्द्रीय कार्य सम्पादन समितिकी सदस्य बाँस्कोटालाई मेयर र तुलाधरलाई उपमेयरको उम्मेद्‍वार बनाउने निर्णय गरेको हो ।

३८ वर्षीया बाँस्कोटा २०७४ को प्रदेशसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ ‘क’ बाट उम्मेद्‍वार बनेकी थिइन् । त्यतिबेला तेश्रो भएकी उनले ४ हजार ३४३ मत प्राप्त गरेकी थिइन् । 

बाँस्कोटाले काठमाडौं स्कुल अफ लबाट कानुनमा स्नातक गरेर अमेरिकाबाट कानुनमै स्नातकोत्तर गरेकी छिन् ।

Leave A Reply

Your email address will not be published.