चुनावी तालमेलको मापदण्ड टुंग्याउँदै सत्ता गठबन्धन

0

काठमाडौं : स्थानीय निर्वाचनका सन्दर्भमा छलफल गर्न सत्ता गठबन्धनको बैठक मंगलबार बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो चार बजे बैठक बोलाइएको हो ।

बैठकमा निर्वाचन सफल बनाउने र गठबन्धनका उम्मेदवार जिताउनेबारे विस्तृत छलफल हुने नेताहरुले बताएका छन् ।

चुनावी तालमेलको मापदण्डलाई अन्तिम रुप दिने नेताहरुको तयारी छ । ठाउँ र अवस्थाअनुसार तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्ने गठबन्धनको तयारी छ ।

यसअघि सोमबार गठबन्धनका शीर्ष नेताहरूले सोमबार संयुक्त अपिल जारी गर्दै नेता–कार्यकर्तालाई सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न आह्वान गरेका थिए ।

Leave A Reply

Your email address will not be published.