अविश्वास प्रस्ताव पारित भएपछि पाकिस्तानका प्रधानमन्त्री खान सत्ताच्युत

0

एजेन्सी : पाकिस्तानका प्रधानमन्त्री इमरान खान सत्ताच्युत भएका छन् । शनिबार राति संसदमा अविश्वास प्रस्तावमाथि भएको मतदानमा उनले आवश्यक सांसदको साथ पाउन नसकेसँगै उनी सत्ताच्युत भएका हुन् ।

६९ वर्षका इमरान खान अविश्वास प्रस्ताव मार्फत सत्ताच्यूत हुने पहिलो पाकिस्तानी प्रधानमन्त्री बनेका छन् । 

विपक्षीले दर्ता गरेको अविश्वासको मतको पक्षमा आवश्यक मत परेको हो । संसदमा भएको मतदानमा खानको विपक्षमा १ सय ७४ मत परेको थियो । 

अविश्वास प्रस्ताव दर्ता भएपछि प्रधानमन्त्री खानको सिफारिसमा राष्ट्रपतिले संसद भंग गरेका थिए । 

तर सर्वोच्च अदालतले दुवै निर्णय बदर गरेपछि शनिबार मध्य रातमा मतदान भएको हो । 

संसदले अब नयाँ प्रधानमन्त्री नियुक्त गर्ने छ । नयाँ बन्ने प्रधानमन्त्रीले सन् २०२३ को अक्टोबरसम्म देशको नेतृत्व गर्ने छन् । त्यसपछि नयाँ चुनाव हुनेछ । 

Leave A Reply

Your email address will not be published.