भगवान् रामप्रति श्रद्वासुमन व्यक्त गर्दै रामनवमी पर्व मनाइँदै

0

काठमाडौं : चैत शुक्ल नवमीका दिन आइतबार भगवान् रामप्रति श्रद्वासुमन व्यक्त गर्दै रामनवमी पर्व मनाइँदै छ ।

त्रेता युगमा यसै दिन जन्मिएका भगवान् रामले पिता दशरथ, भाइ लक्ष्मण, भरत, शत्रुधन र धर्मपत्नी सीताप्रति प्रकट गरेको आदर्श तथा दुनियाँदारका लागि गरेको न्यायको संस्मरण गर्दै मर्यादा पुरुषोत्तमका रूपमा उनको आराधना गर्ने प्रचलन छ ।

बत्तीसपुतलीस्थित रामचन्द्र मन्दिरमा आइतबार बिहानैदेखि भजनकीर्तनको आयोजना गरिएको छ ।

कालमोचनघाटस्थित राम मन्दिरमा महन्थ रामस्वरूपदास वैष्णवको संयोजकत्वमा भगवान् रामप्रति भक्तिभाव प्रकट गर्ने कार्यक्रम छ ।

बत्तीसपुतलीस्थित रामचन्द्र मन्दिर व्यवस्थापन समितिले शनिबार भगवान् रामको विग्रह प्रतिमासहित काठमाडौँ महानगरपालिका क्षेत्रमा शोभा यात्रा गरेको थियो ।

रामनवमी पर्वका अवसरमा सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ ।

Leave A Reply

Your email address will not be published.