आगामी निर्वाचनमा कांग्रेसले एक्लै प्रतिस्पर्धा गर्नुपर्छ : शशांक कोइराला

0

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आगामी निर्वाचनमा भरसक कांग्रेसले एक्लै प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन् । 

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा कोइरालाले कांग्रेसले देश र जनताका लागि गरेको योगदानको वास्तविक परीक्षण गर्न पनि एक्लै प्रतिस्पर्धामा जानुपर्ने बताएका हुन् ।

नेता कोइरालाले निर्वाचन खर्चिलो हुँदै गएको भन्दै खर्च घटाउनुपर्नेमा जोड दिए । 

निर्वाचन जित्न कम्तीमा ६/७ करोड खर्च गर्नुपर्ने देखिएको भन्दै उनले आफ्नो नवलपरासी गैँडाकोट क्षेत्रमा अरु कसैले निर्वाचन लड्न चाहे छाड्ने पनि बताए ।

उनले विद्यार्थीलाई राजनीतिभन्दा पनि अध्ययनमा जोड दिन आग्रह गरे । देश बनाउने युवा विद्यार्थीहरू भन्दै अध्ययन सकेर राजनीतिमा आउनुपर्नेमा जोड दिए । 

Leave A Reply

Your email address will not be published.