श्रीलंकामा स्वास्थ्य आपतकाल घोषणा

0

एजेन्सी : श्रीलंकामा स्वास्थ्य आपतकालको घोषणा गरिएको छ । औषधिको गम्भीर अभाव भएपछि आजदेखि स्वास्थ्य आपतकाल घोषणा गरिएको हो ।

स्वास्थ्य सम्बन्धी सरकारी निकायको आकस्मिक बैठकपछि सरकारले आपतकालको घोषणा गरेको हो । बिरामीको जीवन रक्षाका लागि स्वास्थ्य आपतकालको घोषणा गरिएको जिएमओएका सचिव शेनल फर्नान्डोले बताएका छन् ।

आर्थिक संकट जारी रहेमा औषधि अभावले भविष्यमा गम्भीर रुप लिने चेतावनी स्वास्थ्य निकायले दिएको छ ।

केही महिनादेखि श्रीलंका गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको छ । यसअघि नै राष्ट्रिय आपतकाल तथा प्रदर्शन नियन्त्रणका लागि कर्फ्यु लागू गरिएको छ ।

Leave A Reply

Your email address will not be published.