स्थानीय निर्वाचन आचारसंहित पालना गर्न दलहरुको प्रतिवद्धता

0

काठमाडौं : स्थानीय तह निर्वाचनमा निर्वाचन आचारसंहितालाई पालना गर्न राजनीतिक दलहरुले प्रतिवद्धता व्यक्त गरेका छन् ।

२०७९ बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दर्ता भएका ७९ वटा राजनीतिक दलहरुसँग आयोगले मंगलवार निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिवद्धता जनाउनका लागि छलफल गरेको थियो ।

आयोगले राजनीतिक दलहरुबाट प्राप्त सल्लाह, सुझावलाई समेत समेट्दै ऐन, कानून र संविधान अनुरुप बनाएर राजपत्रमा समेत प्रकाशित भइसकेको उल्लेख गर्दै सोही आचारसंहितामा दलहरुलाई हस्ताक्षर गराइएको आयोगको प्रवक्ता शालिग्राम शार्मा पौडेलले जाानकारी दिए ।

आयोगले केही राजनीतिक दलहरुले छलफल बिनै हस्ताक्षर गराउन लागिएको भनेर असन्तुष्टि व्यक्त गरेका थिए । तर प्रमुख निर्वाचन आयुक्तले आचारसंहिताको बारेमा प्रष्ट पारेसँगै दलहरु असन्तुष्टिकै बीच हस्ताक्षर गर्न तयार भएका थिए ।

छलफल पछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदैँ नेपाली कांग्रेसका उपसभापति पुर्णबहादुर खड्काले निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता पालना गर्न नेपाली कांग्रेस पूर्ण रुपमा प्रतिवद्ध रहेको बताए ।

नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले निर्वाचन आयोगले दलहरुले दिएको सुझावलाई आचारसंहितामा नसमेटेकाले छलफलका क्रममा दलहरुले गुनासो राखेको बताए ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनलाई सभ्य बनाउनका लागि राजनीतिक दलहरुले गरेको प्रतिवद्धता कार्यान्वयन गर्न आग्रह गरेको छ ।

Leave A Reply

Your email address will not be published.