क्यालिफोर्नियाको साक्रामेन्टोमा गीली चल्दा ६ जनाको मृत्यु

0

एजेन्सी : अमेरिकाको क्यालिफोर्नियामा भएको गोलीकाण्डमा छ जनाको मृत्यु भएको छ । क्यालिफोर्नियाको राजधानी साक्रामेन्टोमा भएको आक्रमणमा उनीहरुको मृत्यु भएको हो । 

घटनामा थप नौ जना घाइते भएका छन् । घटनामा कम्तीमा १५ जनालाई गोली लागेको बताइएको छ । 

केही वर्षयता अमेरिकाभरि बन्दुक आक्रमणका घटना बढ्दै गएका छन् । कोरोना महामारीको कारण भएको आर्थिक तथा सामाजिक व्यवधानका कारण अमेरिकामा हिंसात्मक गतिविधिमा वृद्धि भएको बताइन्छ । 

‘गन भाइलेन्स अर्काइभ’ले गरेको एक अध्ययन अनुसार यस वर्ष सम्म अमेरिकमा बन्दुकको हिंसाका कारण १७ हजार मानिस घाइते भएका छन् । तीमध्ये सयौँको मृत्यु भएको छ ।

Leave A Reply

Your email address will not be published.