नेपालले जित्यो त्रिदेशीय टी-२० सिरिजको उपाधि

0

काठमाडौं : नेपालले त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि जितेको छ ।

त्रिवि क्रिकेट मैदानमा सोमबार भएको फाइनलमा पपुवा न्युगिनी (पीएनजी) लाई ५० रनले हराउँदै नेपालले सिरिजको उपाधि जितेको हो ।

नेपालले दिएकाे एक सय ६९ रनकाे लक्ष्य पछ्याएकाे पीएनजी १६ ओभर २ बलमा एक सय १७ रन बनाउँदा अलआउट भयाे । पीएनजी लागि सेसे बाउले सर्वाधिक ५९ रन बनाए ।

नेपालका दीपेन्द्रसिंह ऐरीले चार विकेट लिए । चार ओभर बलिङ गरेका दीपेन्द्रले १८ रन दिएर चार विकेट लिए । यस्तै करण केसीले तीन र सन्दीप लामिछानेले दुई विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ६८ रन बनायाे । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक नटआउट ५४ रन बनाए । 

यस्तै करण केसीले १२ बलमा नटआउट ३३ रन बनाए । त्यस्तै आशिफ शेख २९ र कुशल भुर्तेल २५ रन बनाएर आउट भए । पीएनजीका सेमाे कमियाले तीन विकेट लिए ।

नेपालले समूह चरणमा दुई वटै खेलमा पीएनजीलाई हराएको थियो । चार खेलमा चार जित निकाल्दै शीर्ष स्थानमा रहेर नेपाल फाइनलमा पुगेको हो । पीएनजी भने दुई अंकसहित नेट रनरेटका आधारमा मलेसियालाई पछि पार्दै फाइनलमा पुगेकाे हाे । 

योसँगै नेपालले घरेलु मैदानमा लगातार दोस्रो टी २० सिरिज जितेको छ । यसअघि नेपालले घरेलु मैदानमा सन् २०२० मा नेदरल्याण्ड्स र मलेसिया सम्मिलित सिरिज जितेको थियो । यसका साथै सन्दिप लामिछानेको कप्तानीमा नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय सिरिज जितेको हो ।  

Leave A Reply

Your email address will not be published.