पूर्ण मात्रा खोप लगाएको ३ महिनामै बुस्टर डोज लगाउन पाइने

0

काठमाडौं : दोस्रो मात्रा खोप लगाएको तीन महिनामै कोरोना भाइरसविरुद्धको अतिरिक्त मात्रा ‘बुस्टर’ खोप लगाउन पाइने भएको छ ।

राष्ट्रिय खोप सल्लाहकार समितिले कोरोना भाइरसको खोपको पहिलो शृंखला पूरा गरेको तीन महिनापछि नै बुस्टर खोप दिने निर्णय गरेको हो ।

स्वास्थ्य मन्त्रालयले ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई पत्राचार गर्दै पहिलो शृंखलाको खोप पूरा गरेको तीन महिनामै बुस्टर डोज दिन निर्देशन दिएको हो ।

यसअघि कोभिड –१९ को पहिलो श्रृंखला खोप लगाएको ६ महिनापछि मात्र बुस्टर डोज दिने गरिएको थियो ।

खोप अभियान शुरु भएदेखि हालसम्म नेपालमा चार करोड एक लाख ५८ हजार ९ सय दुई मात्रा खोप लगाइएको छ ।

एक मात्रा खोप १ करोड ८७ लाख ७९ हजार चार सय ८८ जनाले लगाएका छन् । त्यस्लै पुर्ण मात्रा खोप लगाउनेको संख्या एक करोड ९१ लाख ६५ हजार दुई सय ७४ रहेको छ ।

अतिरिक्त मात्रा खोप लगाउनेको संख्या २२ लाख १४ हजार १ सय ४० रहेको छ । नेपालले हालसम्म चार करोड ७८ लाख ८२ हजार आठ सय मात्रा खोप प्राप्त गरेको छ ।

Leave A Reply

Your email address will not be published.