श्रीलंकामा आपतकालसहित ३६ घण्टे कर्फ्यू

0

एजेन्सी : सरकार विरोधी प्रदर्शन चर्केपछि श्रीलंकामा आइतबारदेखि ३६ घण्टाको कर्फ्यू लागू गरिएको छ । सरकारले राष्ट्रिय आपतकाल सहित कर्फ्यू लगाएको हो ।

आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा खाद्यान्न तथा इन्धनसहितका अत्यावश्यक सामग्रीको अभाव भएको छ । यसले गर्दा प्रदर्शन हुँदै आएको छ । ती प्रदर्शनलाई नियन्त्रणमा राख्न सरकारले कर्फ्यू लागू गरेको हो ।

बिहीबार प्रदर्शनकारीले राष्ट्रपतिको निजी निवास क्षेत्रमा गरेको प्रदर्शनले हिंसात्मक रुप लिएपछि सरकारले आपतकाल घोषणा गरेको छ । आपतकालका बाबजुद प्रदर्शन नियन्त्रणमा राख्न नसकेपछि कर्फ्यू लागु गरिएको हो ।

मुख्य शहरमा सेना परिचालन गरिएको छ । सेनालाई शंकास्पद व्यक्तिलाई तत्काल पक्राउ गर्न सक्ने अधिकार दिइएको छ ।

श्रीलंका अहिले गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको छ । आर्थिक संकटका कारण जनजीवन प्रभावित हुँदा स्थानीयहरु सरकारको विरोधमा प्रदर्शनमा उत्रिएका छन् ।

विदेशी मुद्राको अभावका कारण श्रीलंकाले इन्धन किन्न सकिरहेको छैन । दैनिक १२ घन्टा लोडसेडिङ समेत हुँदै आएको छ ।

Leave A Reply

Your email address will not be published.