चुनावी आचारसंहिता कार्यान्वयनबारे आयोगले दलहरूसँग छलफल गर्ने

0

काठमाडौं : निर्वाचन आयोगले वैशाखमा हुने स्थानीय तहको चुनावका आचारसंहिता कार्यान्वयनबारे दलहरूसँग छलफल गर्ने भएको छ ।

निर्वाचनबारे छलफलका लागि निर्वाचन आयोगले चैत २२ गते राजनीतिक दललाई बोलाएको हो । आचारसंहिता कार्यान्वयनका लागि आयोगले राजनीतिक दलसँग छलफलका लागि बोलाएको हो ।

गत चैत ३ मै निर्वाचन आचारसंहिता स्वीकृत भई राजपत्रमासमेत प्रकाशित भइसकेको छ।

चुनावमा भाग लिने ७९ दलका प्रतिनिधिसँग छलफल गरेर आचारसंहिता पालनाको लागि प्रतिवद्धता लिइने आयोगको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.