श्रीलंका आर्थिक संकट : राष्ट्रपतिविरुद्ध प्रदर्शन चर्किएपछि संकटकाल घोषणा

0

एजेन्सी : श्रीलंकामा राष्ट्रपति विरुद्धको प्रदर्शन उग्र बनेपछि संकटकाल घोषणा गरिएको छ ।

प्रदर्शनकारीले राष्ट्रपति गोटबाया राजपाक्षेको निवास बाहिर कर्फ्यु तोडेर प्रदर्शन गरेपछि सरकारले संकटकाल घोषणा गरेको हो ।

प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरा र अश्रु ग्यास प्रहार गरेको थियो । प्रहरीले ५४ प्रदर्शनकारीलाई पक्राउ गरि राज्यविरुद्धको अपराधको मुद्दा चलाएको छ ।

स्थिति थप गम्भीर हुन सक्ने भन्दै राष्ट्रपति राजपाक्षेले संकटकाल घोषणा गरेका हुन् ।

श्रीलंकाको पश्चिमी प्रान्तमा आजदेखि लागू हुने गरी मध्यरातिदेखि बिहान ६ बजेसम्म कर्फ्यु लगाइएको छ ।

श्रीलंकामा आर्थिक संकट, खाद्यान्न अभाव, महंगी र लोडसेडिङको विरोधमा आन्दोलन चर्किएको छ ।श्रीलंकामा दैनिक १३ घण्टा लोडसेडिङ हुँदै आएको छ ।

खाद्यान्नदेखि पेट्रोलियम पदार्थ किन्नसमेत सर्वसाधारणलाई हम्मे परेको छ । श्रीलंकामा पर्यटन क्षेत्र खस्कनुका साथै अर्गानिक खेतीमा समस्या देखिएको छ । वैदेशिक ऋणले वैदेशिक मुद्राको सञ्चिति घट्दा मुलुक आर्थिक संकटमा रहेको छ ।

Leave A Reply

Your email address will not be published.