देउवा र माेदीले संयुक्त रुपमा गरे जनकपुर–जयनगर रेलकाे उद्घाटन

0

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले नयाँ दिल्लीबाट शनिबार भर्चुअल माध्यममार्फत नेपाल रेल सेवाको संयुक्तरुपमा उद्घाटन गरेका छन् । 

शनिबार देउवा र मोदीले भारतीय सहयोगमा निर्मित नेपालको कुर्थादेखि भारतको जयनगरसम्मको ३५ किलोमिटर लामो सीमापार रेल लिंक उद्घाटन गरेका हुन् ।

यससँगै करिब डेढ वर्षअघि भारतबाट करिब १ अर्ब खर्च गरेर ल्याइएको रेल अब सञ्चालनमा आउनेछ । 

यसअघिको केपी शर्मा ओली नेतृत्वको सरकारले रेल सञ्चालनको निकै प्रयास गरेको थियो । विभिन्न कारण संचालनमा आउन नसकेको उक्त रेल सेवा शनिबारदेखि शुरु भएको हो ।

Leave A Reply

Your email address will not be published.