नेपाल-भारत प्रतिनिधिमण्डलस्तरीय वार्ता हुँदै, चार परियोजनाको उद्घाटन र हस्तान्तरणको तयारी

0

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा शनिबार दुई देशबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता हुँदै छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय वार्तापछि शनिबार दुवै देशबीच ऊर्जा, कृषि, स्वास्थ्य तथा यातायात क्षेत्रमा महत्वपूर्ण घोषणा हुने कार्यक्रम छ ।

प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा शनिबार चार परियोजनाको उद्घाटन र हस्तान्तरणको तयारी गरिएको छ ।

जनकपुर–जयनगर खण्डमा रेल सेवा र सोलु करिडोर विद्युत् प्रसारण लाइन उद्घाटन गरिने भएको हो ।

भारतको सहयोगमा साना परियोजना कार्यक्रमअन्तर्गत निर्माण भएका १ सय ३२ वटा स्वास्थ्य चौकीका भवन हस्तान्तरण गरिनेछ ।

भारत सरकारले चलनमा ल्याएको ‘रुपे’ डिजिटल कार्ड नेपालमा प्रयोगको शुभारम्भ गर्ने तयारी पनि छ । दुई जना प्रधानमन्त्रीको उपस्थितिमा भारत सरकारले प्रयोगमा ल्याएको ‘रुपे’ कार्डलाई नेपालमा पनि लागू गर्ने कार्यको शुभारम्भ पनि गरिने भएको हो ।

Leave A Reply

Your email address will not be published.