युक्रेनी सेनाले आत्मसमर्पण गरेमात्र मारियोपोलमा आक्रमण रोकिन्छ : पुटिन

0

एजेन्सी : रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी सेनाले आत्मसमर्पण गरेपछि मात्रै युक्रेनी शहर मारियोपोलमा गोलाबारी अन्त्य हुने बताएका छन् । 

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग एक घण्टा लामो फोन वार्तामा उनले सो धारणा राखेका हुन् । 

सहरबाट नागरिकहरूलाई हटाउने योजनाहरू विचार गर्न भने पुटिन सहमत भएका छन् । नागरिक निकाल्नका लागि रुसले सो शहरमा एक दिने युद्धविराम गरेको छ । 

सो समयमा मानिसहरूलाई रुस नियन्त्रित बर्दियान्स्क बन्दरगाह हुँदै जापोरिज्जियाको पश्चिमतर्फ यात्रा गर्न अनुमति दिइने बताइएको छ । 

उता शान्तिवार्ताका क्रममा रुसले युक्रेनी राजधानी किभसहित चेर्नोहिभमा सैन्य गतिविधि घटाउने प्रतिबद्धता व्यक्त गरे पनि सो पुरा नभएको आरोप युक्रेनले लगाएको छ । 

चेर्नोहिभ क्षेत्रका गभर्नर भिचास्लाभ चाउसले रुसले बम आक्रमण गरेको आरोप लगाएका हुन् ।

Leave A Reply

Your email address will not be published.