बिमस्टेकलाई गतिशील बनाउँदै जनताको जीवनस्तर उठाउन अपरिहार्य : प्रधानमन्त्री देउवा

0

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) गतिशील बनाउनुपर्ने बताएका छन् ।

श्रीलंकाको कोलम्बोमा जारी बिमस्टेकको पाँचौँ शिखर सम्मेलनलाई काठमाडौंबाट भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले बिमस्टेकलाई गतिशील बनाउनुपर्ने बताएका हुन् ।

उनले बिमस्टेकलाई गतिशील बनाउँदै यस क्षेत्रका जनताको जीवनस्तर उठाउने क्षेत्रीय आकांक्षालाई साकार तुल्याउन अन्तर्राष्ट्रिय संस्थाहरूसँग सुदृढ साझेदारी  प्रवर्द्धन गर्नु अपरिहार्य भएको बताए ।

त्यस्तै प्रधानमन्त्री देउवाले महामारीविरुद्ध जुध्न अन्तर्राष्ट्रिय साझेदारी अपरिहार्य रहेकाे बताए । 

उनले वर्तमान विश्वले जलवायु परिवर्तनलगायत विविध चुनौतीको सामना गरिरहेको, ती चुनौतीको प्रकृति जटिल रहेका बेला कोभिड–१९ को महामारीले निम्त्याएको सङ्कट, सञ्चार तथा सूचना प्रविधिको चरम विकासबाट अथाह लाभ हासिल गर्ने एकथरि र चरम गरिबीको रेखामुनि रहेका वर्गको उत्थानमा त्यसको उपयोग हुन नसक्दा गहिरिएको धनी र गरिबबीचको खाडल पुर्न सदस्य राष्ट्रबीच सहकार्य र साझेदारी आवश्यक भएको बताए। 

सडक, रेलमार्ग, हवाई मार्ग र जलमार्ग विस्तारबाट यातायात सञ्जाल, ऊर्जा, र ‘पावर ग्रिड’ अन्तरसम्बन्धमा लगानी गर्न आह्वान गर्दै देउवाले बिमस्टेक भित्रको अन्तरक्षेत्रीय व्यापार र लगानीको मात्रा वृद्धि गर्नुपर्ने बताए ।

Leave A Reply

Your email address will not be published.